काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेटको छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहिबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स युएईसंग ७८ रनले पराजित भएको हो । किनरारा ओभलमा युएईले दिएको २५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४८ ओभर ५ बलमा अलआउट हुँदै १७६ रनमा समेटियो ।

नेपालका लागि सुवास खकुरेलले अर्धशतक बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । सुवासले ९७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाएर आउट भए । यस्तै नेपालका दिपेन्द्र सिंह ऐरीले ४० रन जोड्दा सोमपाल कामीले अविजित २७ रन जोडे । कप्तान पारस खड्का १६ र बसन्त रेग्मीले १२ रन बनाए ।

नेपाललाई सस्तैमा समेट्न युएईका अहमद राजाले ४ विकेट लिए । यस्तै मोहमद नाभिदले ३ र अमीर हायतले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन बनाएको थियो । युएईका अदनाम मुफ्तीले नटआउट ५७ रन र ओपनर चिराग सुरीको ६५ रन बनाएपछि युएईले नेपालसामु उच्च स्कोरको लक्ष्य प्रस्तुत गरेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments