काठमाडौं । नेपाली चलचित्र अभिनेता अनमोल के.सी चलचित्र क्याप्टेनको छायांकनमा व्यस्त छन् । प्रेमकथामा आधारित चलचित्रमा एउटा सहरिया युवकको भूमिका निभाउँदै आएका अनमोलले यस चलचित्रमा आफू छुट्टै भूमिकामा देखिने बताएका छन् ।

अनमोल के.सीका अनुसार, चलचित्र क्याप्टेनमा उनी एउटा गरिब परिवारको १८ वर्षको युवकको भूमिकामा देखिंदैछन् । पात्रलाई उतार्न शरीरको तौल घटाएका उनी चलचित्र खेलमा आधारित हुनाले छयांकनको समयमा खेल्दा खेल्दै पनि धेरै दुब्लाइसकेका छन् । उनी आफू अहिले पहिले भन्दा १२ केजी दुब्लाएको बताउँछन् । फुटबल खेलाडीको कथालाई चलचित्रमा उतारिएका कारण देशको एउटा गम्भीर पाटो चलचित्रले बोकेकोले यस चलचित्रको लागि आफू अझ बढी सजग रहेको र जिम्मेवार महसुस गरिरहेको उनी बताउँछन् ।

अभिनेत्री रेखा थापाले केही समय अगाडी दुई / चार चलचित्र खेल्दैमा नयाँ कलाकारलाई मिडियाले मेघास्टार नाम दिए भन्ने असन्तुष्टि पोखेकी थिइन् । यस प्रसङ्गमा अनमोलले आफू अहिले नयाँ र सिकारु रहेको बताउंदै अभिनेत्री रेखा थापा आफ्नो लागि मेघा स्टार रहेको र आफूले उनलाई सम्मान गर्ने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments