काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलले सरकारकाबारेमा गलत प्रचार गरिरहेकोमा आपत्ति जनाउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलले सरकारलाई तानाशाहीको संज्ञा दिँदै गलत प्रचार गरेको भन्दै आपत्ति जनाउनुभएको हो । साथै उहाँले सरकारले गरेका राम्रा काम र सरकार सक्षम रहेको पनि बताउनुभयो । त्यतिमात्र नभई उहाँले सरकारसँग कसैले लोकतन्त्रको सर्टिफिकेट मागिरहन नपर्ने पनि बताउनुभयो। बोल्ने क्रममा उहाँले स्थानीय प्रदेश र संघमा कर्मचारी व्यवस्थापन र मन्त्रालय र मन्त्रीहरुको विभाजनको समेत जानकारी दिनुभयो ।

जानकारी दिने क्रममा उहाँले हाल २१ वटा मात्रै मन्त्रालय रहेको बताउनुभएको छ । तर, वास्तविक मन्त्रालयको संख्या भने २२ वटा रहेको छ, जसमा स्वास्थ्य, पर्यटन र कृषि मन्त्रालयमा ३ राज्यमन्त्री गरी प्रधानमन्त्रीसहित २२ जना मन्त्रीहरु रहेका छन् ।

हालसालै कृषि तथा भूमी व्यवस्था मन्त्रालय फुटाएर भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय गरी दुई वटा मन्त्रालय बनाइएको छ ।

भुमी सुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पद्मा अर्याललाई दिइएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी चक्रपाडी खनाललाई दिइएको छ ।

नेपालको संविधान अुनसार जम्मा २५ वटा मन्त्रालय गठन गर्न मिल्ने व्यवस्था रहेको छ ।

Comments

comments