मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा एक किशोरी उबर भित्र बलात्कृत भएकी छिन् । सिड्नीको इस्टर्न सबर्बमा १७ वर्षिया कोशोरी बलात्कृत भएकी हुन् ।

शनिबार राती ती किशोरी दुई जना साथीहरुसंग घुम्न निस्किएकी थिइन् । घुमेर फर्किने क्रममा बोंडीमा दुई साथीहरु उबरबाट ओर्लिए । त्यसपछि ती किशोरी नर्थ बोंडीमा रहेको आफ्नो घरमा पुग्नको लागि उनी उबर भित्र एक्लै रहीन् । बिहानको १ : ३० बजे पछि उबर भित्र एक्लै रहेकी उनी निदाईन् ।

किशोरी निदाएको समयमा उबर ड्राइभरले उनलाई बलात्कार गरेको थियो । प्रहरीले सोमबार उबर ड्राइभरलाई पक्राऊ गरेको छ । यो घटना पछि पुलिस अधिकारिले उबरमा यात्रा गर्दा सतर्क रहन तथा अरु समयमा पनि एक-अर्काको सहयोगी बन्न सबैलाई अनुरोध गरेका छन् ।

स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments