काठमाडौं । नेपाली हाँस्यकलाकार जितु नेपाल सफल र लोकप्रिय कलाकार हुन् । रेडियोबाट कलाकारितामा प्रवेश गरेर सानो पर्दा हुँदै उनी अहिले ठूलो पर्दाका चलचित्रहरुमा व्यस्त छन् ।

सुरुमा सानो पर्दामा देखिंदा जितु अर्का हाँस्यकलाकार दमन रुपाखेती संगै देखिन्थे । उनीहरुले जोडीको रुपमा कार्यक्रम तथा प्रहसन समेत गरे । तर केही वर्षको सहकार्य पछि यो जोडी छुट्टियो । जितु नेपाल आफ्नो र दमन रपाखेतीको जोडीलाई राजनीतिक नेताहरु प्रचण्ड र बाबुरामको जोडी जस्तै भएको बताउँछन् । जितुका अनुसार, दमन र उनी मिलेर संघर्षका धेरै दिन काटे, अहोरात्र खटिए। दुवै संगै मिलेर कलाकारितामा योगदान पनि दिए, तर स्थापित हुन थालेपछि उनीहरुको जोडी छुट्टियो ।

जितु नेपालले अरु जोडीहरुलाई पनि विभिन्न नाम दिएका छन् । प्रधानमन्त्री के.पी ओली र नेता प्रचण्डको जोडीलाई उनी मह जोडी भन्छन् । कलाकार दीपक राज गिरि र दीपा श्री निरौलाको जोडीलाई उनी लाइसेन्स बिना गाडी हाँकिरहेको जोडी भन्छन् ।

स्रोत भिडियो :

Comments

comments