मेलबर्न । अष्ट्रेलियाको न्यु साउथ व्हेल्स राज्यले सडक सम्बन्धि नयाँ नियमको घोषणा गरेको छ । उक्त नयाँ नियम यही सेप्टेम्बर १ देखि लागु हुने सुचनामा उल्लेख गरिएको छ ।

उक्त नियम अनुसार, गाडी चालकहरुले गाडी चलाउँदा प्रहरीको गाडी, एम्बुलेन्स,दमकल,सुरक्षा तथा उद्दार टोली आदिको गाडीलाई प्राथमिकता दिनुपर्नेछ । सुरक्षा तथा उद्दार सम्बन्धि काम गर्ने ती गाडी देख्नासाथ अरु गाडी चालकले अफो गाडीको गती ४० किलोमिटर प्रति घण्टामा झार्नु पर्नेछ । त्यस्तै, त्यस्ता ठाउँहरुमा बाटोमा हिंडीरहेको व्यक्तिलाई पहिले बाटो काट्न दिनुपर्नेछ ।

सुरक्षा तथा उद्दार भइरहेको ठाउँ, त्यस्ता गाडी हिंडिरहेको ठाउँ आदि संवेदनशील ठाउँबाट पर अर्थात कुनै पनि किसिमले असर नपर्ने ठाउँमा पुगेपछि मात्र गाडीको गती बढाउन सकिनेछ ।

यो नियम १२ महिनासम्म परिक्षणको रुपमा लागु गरिंदैछ । यो नियमलाई उल्लङ्घन गरेको खण्डमा ४ सय ४८ डलर जरिवाना लाग्ने समेत उल्लेख छ ।

स्रोत : एसबिएस न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments