निर्वाचन आयोगले नयाँ सविधानमा पुर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न उपयुक्त हुने सुझाव दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, आयुक्तहरु दोलद बहादुर गुरुङ, डा. रामभक्त पी.भी. ठाकुर, ईला शर्माले हिजो संवैधानिक राजनितिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्राईलाई नयाँ संविधानमा निर्वाचन प्रणालीबारे दिइएको सुझावमा यस्तो कुरा उल्लेख छ । आयोगले विगतका संविधानसभामा अपनाइएको निर्वाचन प्रणालीमै दलहरुबीच सहमति भएमा त्यसमा सुधार गर्नुपर्ने नत्र नयाँ निर्वाचन प्रणालीमा नै जानुुु उपयुक्त हुने सुझाव दिइएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव मातृका प्रसाद श्रेष्ठका अनुसार पुर्ण समानुपातिक निर्वाचन प्रणालीमा आम मतदाताको मतदानबाट एक पद वा एक स्थानका लागि मात्र गरिने निर्वाचनमा पहिलो हुने निर्वार्चित हुने बहुमतिय निर्वाचन प्रणालीनै प्रयोग गरिन्छ ।

Comments