काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गयराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

लिगमा म्यानचेस्टर युनाईटेडले लगातार दोस्रो हार ब्यहोरेको छ । नयाँ सिजनको पहिलो खेलमा जीत हात पारेको म्यान्यूले दोस्रो खेलमा ब्राइटनसँग पराजित भएको थियो ।

गयराति भएको तेस्रो चरणको खेलमा नै युनाईटेड टोटनह्यामसँग तीन शून्यले पराजित भएपछि लिग तालिकामा १३ औ स्थानमा पुगेको छ । यो सिजनको सुरुवात देखि नै राम्रो लयमा नदेखिएको युनाईटेड गयराति टोटनह्यामसँग पराजित हुँदा प्रशिक्षक जोजे मोउरिन्होको आलोचना झन बढेको छ । स्टार खेलाडीले भरिएको युनाईटेड विरुद्ध टोटनह्यामले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो ।

तर दुई मिनेट भित्र दुई गोल गर्दै टोटनह्यामले युनाईटेडलाई स्तब्ध बनायो । ५० औं मिनेटमा ह्यारी केनले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ५२ औं मिनेटमा लुकास मोउराले टोटनह्यामको अन्तर दुई शून्यमा र्पुयाए ।

दुई गोलले पछि परेको युनाईटेड विरुद्ध ८४ औं मिनेटमा टोटनह्यामले अर्को गोल थप्यो । यसपटक ह्यारी केनको पासमा लुकासले नै गोल गर्न सफल भए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments