काठमाडौं । चौथो बिमस्टेक सम्मेलनका क्रममा उपत्यकामा तीन दिन जोर/बिजोर प्रणालीमा बस चल्ने भएका छन् । सरकारले बिमस्टेक सम्मेलनका क्रममा १३ देखि १५ गतेसम्म तीन दिन राजधानीमा निजी तथा भाडाका सवारी साधानलाई जोर विजोर प्रणाली अनुसार चलाउने निर्णय गरेको हो।

नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर बिजोर लागु हुनेछ । ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ गते बुधबार र १५ गते शुक्रबार काठमाडौं उपत्यकामा नम्बर प्लेटको अन्तिम अंक १,३,५,७,९ भएका सवारी साधनहरू मात्र चल्नेछन् । १४ गते बिहीबार भने नम्बर प्लेटको अन्तिम अंक ०,२,४,६,८ भएका जोर नम्बरका बस चल्ने भएका छन् ।

यसअघि काठमाण्डौमा सार्क शिखर सम्मेलन हुँदा पनि सवारी साधनमा जोर–विजोर नम्बर प्रणाली लागु गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments