कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४, ६ र १८ नम्बरमा लगाइएको कर्फ्यू आदेश ५ घण्टाका लागि हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबार सूचना निकालेर जनै पूर्णिमालाई ध्यानमा राखेर आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू आदेश हटाएको जनाएको छ ।

५ घण्टाका लागि कर्फ्यू आदेश हटाइए पनि त्यसपछि भने अर्को आदेश नभएसम्मका लागि कर्फ्यू निरन्तर हुने सूचनामा उल्लेख छ ।

१० बजेपछि भने कफ्यू निरन्तर रहने सूचनामा उल्लेख छ ।

प्रदर्शनका क्रममा हिंसा भड्किएपछि शान्ति सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले शुक्रबार बेलुका ८ बजेदेखि अर्को आदेश नआउञ्जेलका लागि भन्दै कर्फ्यू आदेश जारी गरेको थियो ।

Comments