ताज्मानिया । अष्ट्रेलियामा हालका दिनहरुमा घरेलु हि‌ंसाका मुद्दाहरु र घटनाहरु बढ्दै गएको सन्दर्भमा घरेलु हिंसासम्बन्धी विभिन्न जानकारी दिने उद्देश्यले नेपाली समाज नर्थन ताज्मानियाकाे आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । हिंसा रोकौं आवाज उठाऔं भन्ने नाराका साथ अगस्ट १९ मा भएको कार्यक्रममा नेपाली लगायत विभिन्न देशका नागरिकहरुको उपस्थिति रहेको थियो ।

नेपाली समाज नर्थन ताज्मानिया विगतका दिनमा अनौपचारिक रुपमा सक्रिय रहँदै आएको भएतापनि पछिल्लो समय ताज्मानियामा नेपालीहरुको बढ्दो संख्याका कारण औपचारिक रुपमा विभिन्न कार्यक्रम सहित अगाडी बढ्दै छ । जस अनुरुप , संस्थाको पहिलो औपचारिक कार्यक्रमको रुपमा उक्त सचेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो ।

औपचारिक र मनोरञ्जनात्मक गरि दुई खण्डमा संचालन गरिएको उक्त सचेतनामुलक कार्यक्रमलाई ओम कुमार मगरले संचालन गरेका थिए । कार्यक्रममा घरेलु हिंसाका बारेमा जानकारी मूलक प्रस्तुतिकरणको लागि घरेलु हिंसासँग सम्बन्धित पाँचवटा स्थानिय सरोकारवाला निकायहरुका प्रतिनिधिहरु उपस्थित थिए । उक्त प्रस्तुतीकरणमा घरेलु हिंसामा परेका व्यक्तिहरुलाई परामर्श दिने संस्था फेमिली भायोलेन्स काउन्सेलिङ्ग एण्ड सपोर्ट सर्भिसेजका हेदर मेलार्बीले नेतृत्व गरेका थिए भने पुलिस फेमिली भायोलेन्स युनिटका सर्जेन्ट ड्यारेन हिल डिफेन्डेन्ट हेल्थ लायजन सर्भिसका ज्याकोब ग्रेटबाथ र डिपार्टमेन्ट अफ ईजुकेशनका डियान हेमिल्टन र भाषा अनुवादक कला पाठकले उनलाई सहयोग गरेका थिए ।

उक्त जानकारीमुलक प्रस्तुतिकरणमा घरभित्र तथा बाहिर कसरी सुरक्षित रहन सकिन्छ, घरेलु हिंसाको मानसिक तथा सामाजिक प्रभावहरु कस्ता हुन सक्छन्, पिडित हरुले कुन कुन निकायबाट कसरी सेवा लिनसक्छन् र यस सम्बन्धी कानुनी प्रावधानहरु कस्ता कस्ता छन् भन्ने विषयमा चर्चा गरिएको थियो । त्यस्तै, कार्यक्रममा लानसेस्टन सिटि काउन्सिलका मेयर अल्बर्ट भान जेट्टनले नयाँ परिवेशमा सुरुमा भाषा नै सबैभन्दा महत्वपूर्ण हुने र त्यसपछि त्यहाँको संस्कृति तथा नियमकानुन सम्बन्धि जानकारी लिन सकिने उल्लेख गरेका थिए ।

संस्थाका अध्यक्ष एवम् उक्त कार्यक्रमका सभापति सन्तोष अधिकारीले सहभागी सबैप्रति कृतज्ञता व्यक्त गरेका थिए । औपचारिक कार्यक्रम पछिको मनोरञ्जनात्मक खण्डमा हिमालयन रकफिल्ड व्याण्डले मादल र बाँसुरी सहित नेपालीपन झल्कने गीतहरु मार्फत उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए भने पल्पसा पोखरेलले आकर्सक एकल नृत्यबाट प्रस्तुत गरेकी थिइन् । त्यसै गरि कृयटिभ जर्नी फाउण्डेशनमा आवद्द सदस्यहरुले सुन्य समय भन्ने नाटकका साथै साँगितिक प्रस्तुतीहरु र नृत्यहरु प्रस्तुत गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments