सिड्नी । इद मनाउन सिड्नीमा भेला भएका ३० हजार भन्दा बढी मुसलमान समुदायका नागरिकहरुले खडेरीसँग संघर्षरत अष्ट्रिेलियाका लागि पानी मागेका छन् । इद–उल–अदाका अवसरमा अष्ट्रिेलियाको सिड्नीस्थित मस्जिदमा भेला भएर खडेरीबाट पीडित किसान र त्याहाँका स्थानीयका लागि पानी माग्दै प्रार्थनामा जुटेका हुन् ।

खडेरी पीडित किसानलाई सहयोगका लागि चन्दा समेत संकलन गरिएको छ । लेबनिज मुस्लिम एशोशिएशनले प्रार्थनासभाको आयोजना गरेको हो । पछिल्लो केही समययता न्यू साउथ वेल्स लगायत क्वीन्स्ल्याण्ड, भिक्टोरिया लगायतमा केही स्थानहरु खडेरीको चपेटामा छन् । खडेरीका कारण किसानहरु सबैभन्दा बढी पीडित बनेकाछन् ।

यो वर्षको खडेरीलाई अष्ट्रेलियको इतिहासमा नै सबैभन्दा लामो खडेरी भनिएको छ । प्रधानमन्त्री माल्कोम टर्नबुलले समेत अष्ट्रेलिया खडेरीको भूमि बनेको टीप्पणी गर्दै सहयोग गर्न अपील गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments