मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) र दिदी बहिनी समाज भिक्टोरियाको संयुक्त आयोजनामा तीज कार्यक्रम हुने भएको छ ।

स्थानिय नेपाली समुदायका प्रतिभाहरुको विभिन्न प्रस्तुति रहने उक्त तीज कार्यक्रममा चर्चित नेपाली लोक गायिका पूर्णकला बि.सी र लक्ष्मी मल्लको विशेष प्रस्तुति रहनेछ । उक्त भव्य तीज कार्य्रकम आगामी सेप्टेम्बर १ तारिखका दिन कोबर्ग टाउन हलमा हुनेछ ।

कार्यक्रमबाट संकलित रकम नेपालमा यौन हिंसा तथा बलात्कारमा परेका महिलाहरुको पुनर्स्थापनाका लागि सहयोग गरिने आयोजकले बताएका छन् । विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा सक्रिय दिदीबहिनी समाजले विगत तीन वर्षदेखि विभिन्न कार्यक्रम मार्फत सामजिक अभियान चलाउँदै आएको छ । जसअनुसार, हाल सम्म यस संस्थाले ४५ जनालाई सहयोग गरिसकेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments