हंगकंगको मध्यभागमा शान्तिपुर्ण प्रदर्शन गर्दै दशौं हजार प्रदर्शनकारीहरुले लगातार पाँचौ दिन पनि प्रदर्शन जारी राखेका छन्। शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हंगकंगका प्रजातन्त्र समर्थकहरुले सरकारी माथि चर्को  दबाब दिइरहेका छन् |  शान्तिपूर्ण प्रदर्शनकारीका अगुवाहरुले प्रमुख कार्यकारीको राजीनामाको माग गरेका छन्। प्रदर्शनकारीहरुलाई धपाउन प्रहरीले टियर ग्याँसको प्रयोग गरेको थियो तर प्रहरी बलको प्रयोग पछि सडकमा उत्रनेको संख्या झनै तीब्र रुपमा बढेको छ | प्रदर्शनकारीहरुले  हङकङका नागरिकहरुले  सन् २०१७मा हुने चीनिया  निर्वाचनमा मतदान गर्न पाउनु पर्ने माग राख्दै आएका छन् | प्रजातन्त्र समर्थकहरुले रातमा समेत सडक छाडेका छैनन् | हातहातमा मोबाइल फोनको बत्ति बालेर सडकमा उत्रिएका प्रदर्शनकारीहरुको जुलुश निकै ठुलो देखिन्थ्यो | गत आइतबारको प्रदर्शन प्रहरीले फालेको  टियर ग्यासबाट जोगिन छाता ओढेर उनीहरु सडकमा निस्किएका थिए | “हामि साच्चैको प्रजातन्त्र चाहन्छौ” लेखेका ब्यानर सहित सडकमा उत्रनेहरुमा अधिकांश युवा र अधबैसे पिंढीका मानिसहरु छन् |

ब्रिटेन र अमेरिकाले शान्तिपूर्ण रुपमा आफ्ना माग राखी प्रदर्शन गर्न पाउने नागरिकको अधिकार रक्षा गर्न चीनलाई आग्रह गरेको छ |  चीनले हंगकंगमा  प्रदर्शन बढ्दै गए पछि विदेशी शक्ति  राष्ट्रहरुको प्रतिक्रिया प्रति लक्षित  गर्दै आफ्नो अन्तरिक मामिलामा नमुछिन चेतवानी दिएको छ | साथै प्रदर्शनहरुबारे समाचार संप्रेषण गर्न चीनका सञ्चारमाध्यममाथि कडा प्रतिबन्ध लगाएको छ। सामाजिक सन्जाल मार्फत प्रदर्शनक तस्विरहरु सर्वत्र सार्वजनिक हुन थाले लगत्तै चर्चित इन्टरनेट साइट इन्स्टाग्राम माथि चीनले प्रतिबन्ध लगाएको छ |

Comments

comments