मेलबर्न । नेपाली लोकप्रिय गीत ‘चुलेसीमा’ को १८ वर्ष पछि रिमेक गरिएको छ । चर्चित गायक तथा संगीतकार सुनील बर्देवाको सम्झनामा अष्ट्रेलियावासी सुनोद श्रेष्ठले ‘चुलेसी’ म्युजिक भिडियोलाई रिमेक गरेका हुन् ।

बर्देवाद्वारा म्युजिक कम्पोजिशन गरिएको चुलेसीमा गीतमा प्रकट पंगेनीको शब्द र गायक संजीव सिंहको स्वर रहेको छ । रिमेक गरिएको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका छन् भने भिडियोमा पनि उनी आफैले अभिनय गरेका छन् । म्युजिक भिडियोमा सुनोद संगै मोडल एन्जी मुल्मीलाई देख्न सकिन्छ ।

लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका सुनोद एस इभेन्टस एण्ड मल्टिमिडिया कम्पनी मार्फत नेपाली गीतसंगीत तथा प्रवर्द्धनमा सक्रिय छन्। भिडियोलाई भीमगोपाल इन्टरटेन्टमेन्टले उत्पादन गरेको हो।

Comments

comments