काठमाडौं । आँखा हाम्रो शरीरको संवेदनशील अंग हो । आँखामा देखिने विभिन्न समस्या तथा हामीले गरिने बेवास्ताले गर्दा आँखाको समस्या बढ्दै गएर आँखाको ज्योति नै गुम्ने समेत हुन सक्छ । आँखामा देखिने सुरुवाती समस्या आँखा चिलाउने, आँखा दुख्ने, आँखा सुख्खा हुने आदि हुन् ।

बाटोहरुमा खाल्डा खुल्डी छन् र बाटो धुलाम्मे छ । त्यस्तै, प्रदुषण पनि बढिरहेको छ । यसले गर्दा आँखाको समस्या बढिरहेको पाइन्छ । आधुनिक जीवनशैलीमा एकोहोरो काम गर्ने, पढ्ने, मोबाइल, ल्यापटप बढी चलाउने गर्दा पनि आँखाको समस्या देखिने गर्छ । आँखाको समस्याबाट छुटकारा पाउनको लागि चिसो पानीले बारम्बार धोइरहनुपर्छ । युवा ज्योतिष हरिहर अधिकारिका अनुसार, ज्योतिष विज्ञानका आधारमा पनि आँखाको समस्यालाई निको पार्न सकिन्छ ।

घोटेर टिकाको लागि तयार गरिने चन्दनमा चन्द्रमाको प्रभाव, मंगलको प्रभाव र बृहस्पतिको प्रभाव हुन्छ । त्यो चन्दनलाई हरेक राती सुत्दा आँखाको बाहिरि भागमा लगाएर सुत्ने गर्नाले आँखाको समस्या कम हुँदै जान्छ ।

Comments

comments