काठमाडौं । नेपाली पर्व जनैपूर्णिमा नजिकिंदै छ । जनैपूर्णिमाको दिनमा क्वाँटी खाने चलन छ । क्वाँटी विशेष गरि नेवारी परिकार हो । नेवारी भाषामा क्वाँ भनेको तातो हो भने टि भनेको झोल हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ ।

आवश्यक सामग्री :

नौं किसिमको गेडागुडी

गरम मसला, धनियाँ, टमाटर, प्याज

घ्यु, जिरा, बेसार, लसुन अदुवाको पेस्ट

रातो खुर्सानीको धुलो, नुन

विधि :

गेडागुडीलाई अघिल्लो दिन भिजाएर राख्नुपर्छ ।

प्रेसर कुकरमा गेडागुडी राख्ने र त्यसमा पानी राख्नुपर्छ ।

अब त्यसमा नुन, बेसार र तेल राखेर राम्रोसंग चलाउनुपर्छ ।

अब त्यसलाई बन्द गरेर दुई देखि तीन सिठी सम्म लगाउनुपर्छ ।

त्यसपछि एउटा भाँडोमा घ्यु तताउनुपर्छ ।

घ्यु तातेपछि त्यसमा जिरा फ़ुराएर त्यसमा प्याज पनि राखेर चलाउनुपर्छ ।

अब त्यसमा लसुन अदुवाको पेस्ट राख्नुपर्छ र केही छिन पछि टमाटर पनि राख्नुपर्छ ।’

केही छिन पकाएपछि त्यसमा क्वाँटी झान्नुपर्छ ।

त्यसपछि त्यसमा बाँकी मसला राखेर पकाउनुपर्छ ।

Comments