वेलिङ्टन । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल पुग्नुभएको छ । मन्त्री आन एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पताल साइकलबाटै पुग्नु भएको हो । पहिलो बच्चा जन्माउनको लागि उहाँ अस्पताल भर्ना हुनुभएको छ ।

मन्त्री जुली आन साइकलप्रेमीको रुपमा चिनिँदै आउनु भएको छ ‘मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन’, साइकलको तस्बिरसहित सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ । आनरअहिले ४२ साताकी गर्भवती हुनुहुन्छ । उहाँले महिलाको साथै यातायात मन्त्रालयको समेत कार्यभार सम्हाली रहनुभएको छ । उहाँ दीगो यात्राका अभियन्ता पनि हुनुहुन्छ ।

ग्रीन पार्टीकी प्रवक्ताले सोमबारसम्म उहाँको बच्चा जन्मिएको छैन, तर उहाँ प्रतिक्षारत हुनुहुन्छ । यो घटना गत जुनमा मात्र न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन प्रसूति बिदापछि नियमित काममा फर्केको केही सातापछि नै भएको छ । गत वर्ष निर्वाचित आर्डेन पदमै रहँदा बच्चा जन्माउने विश्वमै दोस्रो वरिष्ठ कार्यकारी हुनुभएको थियो । सन् १९९० मा पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोले पदमै रहँदा बच्चा जन्माउनुभएको थियो । एएफपी

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments