काठमाडौं । इन्डोनेशियामा जारी १८ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल ब्याडमिन्टनतर्फको टिम इभेन्टमा क्वार्टर फाइनलमा प्रवेश गरेको छ । राउन्ड अफ सिक्सटिन अन्तर्गत पुरुषतर्फको स्पर्धामा नेपाल समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा हराउँदै क्वार्टर फाइनलमा पुगेको छ । रत्नजित तामाङ दिपेश धामी, विकास श्रेष्ठ र नविन श्रेष्ठ रहेको ब्याडमिन्टन टोलीले क्वाटरफाइनलमा स्थान बनाउँदा महिला स्पर्धामा भने नेपाल माल्दिभ्स ३–२ को सेटमा पराजित भएको छ ।

यस्तै,पदकको आशा गरीएको खेल तेक्वान्दोमा नेपालका कमल श्रेष्ठ र पार्वती गुरुङ एकल स्पर्धामा पराजित भएका छन् । राउन्ड अफ सिक्सटिनको खेलमा पुरुषतर्फ कमल श्रेष्ठ चाइनिज ताइपेइका चेन चिङसँग पराजित भए । महिला एकलतर्फ पार्वती गुरुङ पनि चाइनिज ताइपेइकी खेलाडीसँगै स्तब्ध भइन । तेक्वान्दो महिला टिम पुम्सेको अन्तिम १६ मा नेपालले उज्वेकिस्तानबाट वाकओभर पाएको छ । अब क्वाटरफाइनलमा चाइनिज ताईपेईलाई हराए नेपालले पदक पक्का गर्नेछ ।

फेन्सिङको महिला एकल साब्रेतर्फ कमला श्रेष्ठ र रबिना थापा पहिलो चरणमा पराजित भएका छन् । यस्तै उसुतर्फ नेपालका विजय सिंजाली ८.२५ स्कोर गर्दै १८ खेलाडीमध्ये १४ औं स्थानमा रहे । २९ खेलमा सहभागिता जनाएको नेपाल आज फुटबलमा पनि प्रतिस्पर्धा गर्दैछ । उदघाटन समारोह अघिदेखि नै सुरु भएको फुटबलको समूह डि अन्तगर्तको अन्तिम खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ ।अहिलेसम्म एशियाली खेलकुदमा जित निकाल्न नसकेको नेपाल पाकिस्तानलाई हराउँदै इतिहास बनाउने लक्ष्यमा छ । लनटेनिस, कुस्तीमा पनि आजै प्रतिस्पर्धा हुँदैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments