काठमाडौं । घर भनेको मन्दिर, आफ्नो संसार हो । घरमा हजारौं सपना हुन्छन् । ती सपनाहरुलाई हामीले सजाएर राख्न चाहन्छौं । त्यसमा पनि यदि वास्तु मिलाउन सकियो भने घर आफूले चाहे जस्तै मन्दिर बनाउन सकिन्छ ।

घरको वास्तुमा ध्यान दिन सकियो भने आफ्नो आम्दानी तथा सम्पत्तिमा समेत वृद्धि हुन्छ । यसको लागि धन तथा सम्पत्ति सम्बन्धि कागजपत्र राख्ने ठाउँको वास्तु मिलाउन जरुरी हुन्छ । धन तथा सम्पत्ति सम्बन्धि कागजपत्र राख्दा उत्तर पूर्व र दक्षिण पश्चिम दिशामा राख्नु राम्रो हुन्छ । तीस वर्ष मुनिका व्यक्तिले उत्तरपूर्व दिशामा राख्नु पर्छ भने तीस वर्ष भन्दा माथीको उमेरका व्यक्तिले दक्षिण पश्चिम दिशामा राख्नु राम्रो हुन्छ ।

तीस वर्ष भन्दा कम उमेरका व्यक्ति बढ्दै गरेको अवस्थामा हुन्छन् । उत्तरपूर्वी दिशाले चुम्बकीय र सौर्य शक्तिलाई लिन्छ , जसले गर्दा धनलाई वृद्धि गरिदिन्छ । दक्षिण पश्चिम दिशा भने तीस वर्ष भन्दा कम उमेरका व्यक्तिलाई राम्रो मानिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments