काठमाडौं । नेपाल विद्यार्थी सङ्घको १२ औं महाधिवेशन आगामी मङ्सिर २ गते हुने भएको छ ।

सङ्घको १२ औं महाधिवेशन सम्पन्न गर्न पार्टीबाट गठित सहजीकरण संयन्त्रले तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने गरी समय थप गरेको छ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा रहेको संयन्त्रलाई नेविसङ्घका विद्यार्थी नेताहरूले तीन महिनाभित्र महाधिवेशन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । महाअधिवेशन तयारीसम्बन्धी कार्यतालिकालाई आधार मानेर संयन्त्रले मङ्सिर २ गते महाधिवेशन गर्न निर्देशन दिएको हो ।

संयन्त्रका सदस्य एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी मङ्सिर २ गते सङ्घको १२ आैं महाधिवेशन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments