मेलबर्न । अष्ट्रेलियाका विभिन्न भागमा सर्पको विगविगी बढेको छ । खडेरीले सर्पहरु बाहिर निस्किन थालेपछि सर्पदशंको जोखिम बढेको हो ।

विज्ञहरुले खडेरीका कारण सर्पको टोकाईका घटनाहरु बढ्नसक्ने चेतावनी दिइरहेका छन् । सबैभन्दा बढी प्रभावित न्यूसाउथवेल्सको खेडरीग्रस्त क्षेत्रमा घरपालुवा जनावर पालेकाहरुलाई सर्पदेखि सावधान रहन चेतावनी जारी गरिएको छ । खडेरीको मौसममा सर्पको टोकाईका घटना २२ प्रतिशतले बढ्ने अनुमान छ ।

सर्पले टोकेमा वा घरपालुवा जनवारमा सर्पको टोकाईको लक्षण देखिएमा तत्कालै चिकित्सककोमा पुग्न सल्लाह दिइएको छ । २० मिनेटभित्र उपचार सुरु नगरिए ज्यान जानसक्ने चेतावनी समेत दिइएको छ ।

हन्टर क्षेत्रसहित गएको १४ महिनादेखि न्यूसाउथवेल्सका केही क्षेत्रमा निकै कम पानी परेको छ ।

Comments

comments