मेलबर्न । अष्ट्रेलियाको न्यूसाउथवेल्स र वरपरका खडेरी पीडित किसानलाई सहयोग गर्न एनआरएन अष्ट्रेलियाले अपिल गरेको छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया एनआरएन अष्ट्रेलियाले एक विज्ञप्ति प्रकाशित गर्दै खडेरीपीडित अष्ट्रेलियन किसानहरुलाई सहयोगको अपिल गरेको हो । यस परियोजनाको संयोजकमा एनआरएन अष्ट्रेलियाका कार्यसमिति सदस्य निराजन गौली तोकिनुभएको छ ।

एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले एक विज्ञप्ति जारी गर्दै संकलित सहयोग रकम खडेरी प्रभावित न्यूसाउथवेल्सको वालगेट काउन्सिल अथा खडेरीग्रस्त क्षेत्रमा काम गरिरहेको संस्थालाई हस्तन्तरण गरिने जनाएका छन् । सहयोग गर्न इच्छुक अष्ट्रेलिया निवासीहरुले आफ्नो राज्यका संयोजकहरुलाई सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ । बैंक मार्फत सहयोग गर्न इच्छुकहरुले निम्न खातामा सहयोग गर्न सकिनेछ ।

Account Name: NRNA Charity Account
BSB: 032078
Account Number: 629083
Description: Support for Drought

Comments

comments