एजेन्सी । घरमै बसेर शपिङ गर्ने ध्याउन्नमा चीनकी एक महिलाले नसोचेको चिज डेलिभरी पाइन् ।

चीनको झेझियाङ प्रान्तस्थित सुचाङ निवासी झाङ नामकी महिलाले हेल्थ केयर प्रोडक्ट अर्डर गरेकी थिइन् ।

घरमा सामान डेलिभरी भएपछि उनले प्याकेट खोलिन् ।

प्याकेटबाट अचम्मको गन्ध आइरहेको थियो । खोल्दा त त्यहाँभित्र मरेको गोही र छेपारो रहेछ ।

त्यसमा एउटा ट्याग पनि थियो । त्यसैको सहारामा प्रहरीले यस्तो हुनुको कारण पनि पत्ता लगाएको छ ।

अर्कै व्यक्तिले जीवित गोही र छेपारो अर्डर गरेका रहेछन् । तर गलत ठाउँमा डेलिभरी भयो । डेलिभरीमा लामो समय लगाउँदा दुवै जीव मरेका रहेछन् ।

Comments

comments