जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को विकासका लागि आफू चिन्तित रहेको बताउनुभएको छ ।

प्रदेश २ को प्रदेशसभा बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । यस प्रदेशको विकासका लागि संघीय सरकार र म एकदमै चिन्तित छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यहाँ विकासको असाधारण सम्भावना छ ।’

प्रदेश २ मा अत्यन्तै उर्वर जमिन रहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई मरुभूमिकरण हुनबाट बचाउन सिँचाइ सुविधा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । साथै कृषिको आधुनिकीकरण गरेर प्रदेशको विकास गर्न सकिने उहाँले बताउनुभयो ।

कृषिको आधुनिकीकरणबाट हालको उत्पादनलाई चारगुणासम्म बढाउन सकिने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले तराई–मधेसको उर्बर भूमि सो प्रदेशको निकै ठूलो सम्पत्ति भएको बताउनुभयो ।तराईको उर्बर भूमिमा जे पनि फल्ने भन्दै प्रधानमन्त्रीले भन्नुभयो – ‘यहाँ लिची फल्छ, आँप फल्छ, जे पनि फल्छ ।’

यहाँबाट उत्पादित आँप निर्यात गरेर नै कमाउन सकिने उहाँको भनाइ छ ।

क्यानडामा आँप फल्छ रु अमेरिकामा आँप फल्छ ? रसियामा आँप फल्छ ? मंगोलियामा आँप फल्छ ? जापानमा आँप फल्छ र ? प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ुआँप मीठो नलाग्ने कोही हुँदैन । तर हामीले पठाइदिनुपर्छ उहाँहरूलाई, हामीले पठाइदिए मात्र खाने हो ।

साथै उहाँले कृषिको आधुनिकीकरण गरेर उत्पादन चारगुणासम्म बढाउन सकिने बताउनुभयो ।

Comments

comments