काठमाडौं । अभिनेत्री पूजा शर्माको लोकप्रियता जति छ, उनी त्यति नै विवादमा पनि आउने गर्छिन् । पछिल्लो समय उनी चलचित्र रामकहानीको रिलिज मितीको विषयमा विवादमा तानिएकी छिन् । चलचित्र रामकहानी पूजाले निर्माण तथा अभिनय गरेको चलचित्र हो ।

रामकहानी भदौ २२ गते रिलिज हने तय भएको समयमा अभिनेता प्रदीप खड्काले अभिनय गरेको चलचित्र ‘रोजी’ को रिलिज मिती पनि त्यही दिनकोलाई तय भएको छ । यसै विषयलाई लिएर पूजाले नेपाली चलचित्र बोर्डकी अध्यक्ष निकिता पौडेललाई सम्बोधन गरेर सामाजिक संजालमा एउटा पोस्ट राखेकी थिइन् । उक्त प्रसङ्गमा पूजाले निकिता नेपाली चलचित्र बोर्डको अध्यक्ष हुनु भनेको नेपालका चलचित्रकर्मीहरुको अभिभावक हुनु भएकोले आफूले अभिभावकसंग आफ्नो गुनासो र समस्या राखेको बताएकी छिन् ।

पूजाको स्टाटसको केही दिन पछि अर्की अभिनेत्री आंचल शर्माले ‘रुँदै रुँदै चलचित्र निर्माण र कलाकारिता गर्नेहरु देखेर हाँसो लाग्यो’ भन्ने स्टाटस राखेकी थिइन् । आंचलले स्टाटसमा कसैको नाम नतोकेपनि धेरैले उनले पूजालाई नै व्यंग्य गरेको अनुमान गरे र उनको आलोचना गरे । त्यसपछि उनले स्टाटस हटाएकी थिइन् । उक्त प्रसङ्गमा पूजाले नेपाली चलचित्र क्षेत्र एउटा परिवार भएकोले कसैलाई व्यंग्य नगर्न र यदि केही भन्ने मन भएमा सम्बन्धित व्यक्तिको नाम राखेर नै भन्न आग्रह गरेकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments