काठमाडौं । नेपाली चलचित्र अभिनेता पुष्पल खड्काले चलचित्र छक्का पन्जा ३ का निर्माता तथा निर्देशक दीपक राज गिरि र दीपा श्री निरौलासंग माफी मागेका छन् । उनले फेसबुकमा एक स्टाटस राख्दै दीपक दीपा लगायत छक्का पन्जा ३ को टिम संग माफी मागेका हुन् ।

पुष्पलले चलचित्र छक्का पन्जा ३ मा साइन गरेर छायांकनमा गएपछि चलचित्र छोडेका थिए । उनले छक्का पन्जा ३ को कथावस्तु आफूलाई पढ्न नदिएको भन्दै चलचित्र छोडेका थिए । त्यसपछि दीपक दीपाले पुष्पल आफूहरुको सम्पर्कमा नआएको बताएपछि उनको आलोचना समेत भइरहेको थियो ।

मह जोडीको चलचित्र दाल भात तरकारीले गरेको पत्रकार सम्मेलनमा उनले दाल भात तरकारी पनि आफूले कथा नपढी नै साइन गरेको तर छक्का पन्जा ३ मा भने आफ्नो रोल पनि धेरै सानो भएका कारण चलचित्र छोडेको बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments