काठमाडौं । मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका संहिता आजदेखि कार्यान्वयनमा आएसँगै केही सुधारात्मक पक्ष र नवीन कार्य थालनी हुने भएको छ ।

१ सय ६५ वर्षपछि पुरानोे ऐन प्रतिस्थापन गर्दै आएको मुलुकी संहितालाई समयसापेक्ष र व्यहारिक बनाउने काम गरिएको छ । यसले दक्षिण एसियामै पहिलोपटक सुधारात्मक कानुन प्रणाली अवधारणा अवलम्बन गरेको छ । यसले कसुर हो वा होइन भन्ने यकिन भएपछि मात्र दण्ड सजाय निर्धारण गरेको छ । यसले कसुरदारलाई नियमित रुपमा रेखदेख गर्ने र कैद सकिएपछि कसरी राम्रो गर्न सकिन्छ भन्ने पक्षबाट अभ्यास थालनी गर्ने विश्वास छ । यसले न्यायाधीशलाई स्वविवेकको अधिकार कम दिएर कानुनी तथा व्यवहारिक पक्षलाई जोड दिएको छ ।

उमेर अनुसार फरक किसिमको सजाय व्यवस्था पनि छ । पैतृक सम्पत्तिलगायतका विषयमा सामाजिक दृष्टिका आधारमा पनि सजाय व्यवस्थित बनाउने काम हुने अपेक्षा छ । चुलो चौकादेखि उच्च तहसम्मका कसुरलाई फरक महलमा राखेर व्यावहारिक बनाउने काम गरिएको छ । संहितामा पछिल्लो चरणमा सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र अन्तराष्ट्रिय कानुनले अंगिकार गरेका नविनतम पक्षलाई पनि समेटिएको छ ।

कसुर हेरेर ज्यूनतम ६ महिनादेखि बाचुन्जेलसम्म कैद व्यवस्था छ । समाजमा विकसित हुँदै गएका सामाजिक अपराध मानव बेचविखन, विद्युतीय कारोबार, अपहरण तथा शरीर बन्धक, खाद्यपदार्थ मिसावट, सामुहिक जाति हत्या, पशु हत्या वा पशु अधिकार, प्रतिलिपि अधिकार हननका विषयलाई पनि कसुर र नजिर हेरी दण्ड सजाय व्यवस्था गरिएको छ । यसले स्वास्थ्य, शिक्षा, अत्यावश्यक बस्तु नियन्त्रण र नियमन पनि व्यवस्थित हुने अपेक्षा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments