काठमाडौं । एक सय पैसट्ठी वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गर्दै  (आज) शुक्रबारदेखि लागु भएको छ । संसदले गत साउन २६ गते पारित गरेको ‘मुलुकी देवानी संहिंता’लागु हुन लागेको हो ।

अपराध संहिता

१– सार्वजनिक आवागमनमा बाधा पुर्याए ३ वर्षसम्म कैद वा ३० हजार सम्म जरिवाना वा दुबै
२– नभए –नगरेको अफवाह फैलाए १ वर्ष कैद
३– झुटो अभियोगमा उजुरी दिए जुन अभियोग लागाइएको हो,त्यसैको आधार सम्म सजाय हुन सक्ने
४– खाद्य पदार्थमा मिसावट गरे ५ वर्ष सम कैद र ५० हजार जरिमाना हुने
४ – कमसल बस्तुलाई असल भनि बेचे ३ वर्ष सम्म कैद हुने
५ – सार्वजनिक ठाउँमा अरुलाई अभद्र व्यवहार गरे १ वर्ष सम्म् कैद हुन सक्ने
६ – सार्वजनिक ठाउँमा अश्लील बोले ६ महिनासम्म कैद वा ५ हजार सम्म वरिवाना वा दुबै
७ –राष्ट्रिय गान,झण्डा र निसान छापको अपमान गरे ३ वर्षसम्म कैद हुन सक्ने
८ – बादबालिकालाई फकाएर कसुर गर्न लगाए आफैंले गरे सरह सजाय

देवानी संहिता

९ – मञ्जुरी नलिई कसैको तस्बिर खिच्न नपाइने, निजी जिवन बारे प्रकाशन – प्रशारण गर्न नपाइने
१० – केटा–केटी दुबैले २० वर्ष नपुगी विवाह गर्न नपाउने
११ – कुनै पुरुषको शारीरिक सम्पर्क बाट शिशु जन्मिएको प्रमानित भए स्वत: विवाह भएको मानिने
१२ – सम्बन्धविच्छेदका लागि पुरुष पनि सिधै अदालत जान सक्ने
१३ – मातृत्व वा पितृत्व दुवैका आधारमा सन्तानको पहिचान हुने
१४ – प्रत्यक छोरा–छोरीले आमाबाबुलाई आदर सम्मान र हेरचाह गर्नुपर्ने
१५ – गर्भको शिशुपनि अश्ंको हकदार हुने
१६ – कम्तीमा १४ वर्ष पुगेको व्यक्तिलाई मात्र उसको मञ्जुरी लिई काममा लगाउन सकिने
१६ कसैलाई पनि दिनमा ८ घण्टा बाहेक बढीकाममा लगाउन नहुने

कान्तिपुर दैनिकबाट साभार

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments