काठमाडौं । भुटानमा जारी अन्डर फिप्टिन महिला साफ च्याम्पीयनसिपमा नेपाल भारतसंग पराजित भएको छ । आज भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसंग २–१ को गोलअन्तरले पराजित भएको हो । भुटानको राजधानी थिम्पुस्थित चालिमिथाङ रंगशालामा पहिलो हाफमा १ –१ को बराबरी खेलेको नेपाल दोस्रो हाफमा १ गोलको शिकार भयो ।

खेलको ५८ औ मिनेटमा क्रिटिना देबीले भारतको अग्रता दोब्बर बनाएकी थिइन । यसअघि भारतले ३१ औ मिनेटमा ल्यान्डा कोमको गोलबाट अग्रता लिएको थियो । ६ मिनेट लगत्तै नेपालकी रजनी ठोकरले बराबरी गोल फर्काएकी थिइन् । भारतीय गोलरक्षकको गल्तीमा रजनीले गोल गरीन् । शारीरिक र मानसिक रुपमा बलिया भारतिय खेलाडीबिरुद्ध नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपनि जित हात पार्न सकेन् ।

भारत फाइनलमा प्रवेश गर्दा नेपाल सेमिफाइनलबाट बाहिरिएको छ । यसअघि बंगलादेशमा भएको पहिलो संस्करणमा नेपालले भारतसंग १०–० को हार ब्यहोरेको थियो । समुह ए को बिजेता बन्दै भारत सेमिफाइनलमा पुगेको थियो भने समूह बिको उपबिजेता बन्दै नेपालले भारतसँग भेट पक्का गरेको थियो।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments