काठमाडौं । नेपाली चलचित्र अभिनेत्री आंचल शर्मा विगत केही समय देखि विवादमा तानिएकी छिन् । सामाजिक संजालमा पोस्ट गरेको एउटा स्टाटसले गर्दा उनले अनावश्यक तनाव झेल्नु परिरहेको छ ।

आंचलले केही दिन अगाडी आफ्नो फेसबुकमा ‘ रुँदै लगानी गर्ने र कालाकारिता गर्ने देखेर हाँसो उठ्यो’ भन्ने आशयको स्टाटस राखेकी थिइन् । धेरैले उक्त स्टाटस अभिनेत्री तथा निर्मात्री पूजा शर्माको लागि लेखिएको भनेर उनको आलोचना गरे । किनकी, चलचित्र रामकहानी र अर्को चलचित्र रोजीको रिलिज मिती एकै दिन परेका कारण पूजाले चलचित्र बोर्डकी अध्यक्षलाई सम्बोधन गरेर एक स्टाटस राखेकी थिइन् ।

आंचलले भने आफूले त्यो स्टाटस पूजाको लागि नलेखेको बताएकी छिन् । आफूले स्टाटस राखेपछि आएका आलोचना पछि मात्र पूजाको स्टाटस पढेको बताउने उनले पूजाले त्यहाँ भनेका केही कुरामा भने आफ्नो असहमति रहेको बताएकी छिन् । आंचलले पूजासंग आफ्नो व्यक्तिगत सम्बन्ध नभएको र अहिलेसम्म संगै काम पनि नगरेको हुनाले पूजाको बारेमा राम्रो वा नराम्रो भन्न नसक्ने बताएकी छिन् ।

भदौ १ गते देखि रिलिज हुने चलचित्र ब्ल्याकको रिलिजमा जुटेकी आंचलले पूजाले निर्माण र अभिनय गरेका अन्य चलचित्र पनि दर्शकले मन पराएका कारण रामकहानी पनि सफल हुने विश्वास व्यक्त गरेकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments