चाडपर्वले परिवार र आफन्तलाई जुटाउँछ भन्ने तथ्य हामीलाई बुझाई रहनु पर्दैन | तर कतिपय भेटघाट र पुनर्मिलनले परिवारमा सोच्दै नसोचेको खुशी ल्याउँछ | अँझ मरिसकेका भनेर काजक्रिया समेको तयारी  गरि सकेको घरका सदस्य बर्षौ पछि टुप्लुक्क घरैमा आउँदा कस्तो होला ! यस्तै भयो पर्सा ठोरी -९ इच्छा नगरीको बृद्धा फुलमाया बललाई |

२३ बर्ष अघि देखि सम्पर्क बिहिन  श्रीमानको  पन्ध्र बर्ष अघिनै काज क्रिया समेत खोजेकी उनले दशैको पूर्व सन्ध्यामा अचानक  जीवित देख्दा खुशीको सिमा नै रहेन | “यो सपना हो कि बिपना हो म भन्न सक्दिन ” फुलमायाले भनिन् | २०४८ साल चैत १६ गते घर छोडेर सम्पर्क विहिन भएका तुलबहादुर बल २३ वर्षसम्म पनि घरपरिवारको सम्पर्कमा नआएपछि आफन्त र छिमेकीले उनि  जिवित नभएको भन्दै आशा मारेका थिए ।

 फुलमाया मात्र होइन  गाउँ छिमेकमा मान्छेहरु सबै  आश्चर्यमा परेको स्थानीय प्रेम लामा बताउँछन्   । तुलबहादुर हराएको मरिसकेको भन्दै आफन्त र श्रीमतीले काजक्रिया गर्न खोजेपनि छिमेकीहरुले तुलबहादुर जिवित  हुन सक्ने भन्दै काजक्रिया गर्न रोकेका थिए । तुलबहादुरका अनुसार उनि  भारतको बागमारा जिल्लाको कोइलाखानीमा काम गरेर बसेका थिए |  त्यही कार्यरत ओखलढुंगाका आफन्तहरुको सहयोगमा  घर फर्किन सफल भएको उनले बताएका  छन्    । तुल बहादुरका तीन छोरा र तीन छोरी छन् ।

Comments

comments