काठमाडौं । भारतले नेपालका विभिन्न सामाजिक सङ्घ, संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ ।

भारतको ७२ औँ स्वतन्त्रता दिवसको अवसर पारेर नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरूलाई ३० वटा एम्बुलेन्स र ६ वटा बसहरू उपलब्ध गराएको हो ।

बुधवार लैनचौरस्थित दूतावासमा आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका विभिन्न सङ्घ, संस्थाहरूलाई एम्बुलेन्स तथा बसहरू हस्तान्तरण गर्नु भएको हो । समारोहमा भारतीय सेनामा गई वीरगति प्राप्त गरेका तथा अपांग भएका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो ।

भारतले भारतीय स्वतन्त्रता दिवसकै अवसर पारेर यस अघि नै विभिन्न सामाजिक सङ्घ, संस्थालाई ६ सय ९२ वटा एम्बुलेन्स, १ सय ३६ वटा बस उपलब्ध गराइसकेको छ । समारोहमा भारतीय राजदूत पुरीले भारतीय राष्ट्रपति रामनाथ काेविन्दले देशवासीको नाममा दिनुभएको सन्देश पढेर सुनाउनु भएको थियो ।

सन्देशमा भारत स्वतन्त्र भएको ७१ वर्षीयताका उपलब्धिहरूको चर्चा गरिएको छ ।

समारोहमा भारतीय दूतावासका कर्मचारीहरू, उनीहरूका परिवारलगायत नेपालमा रहेका भारतीय समुदायको सहभागिता रहेको थियो ।

समारोहमा भारतीय सांस्कृतिक केन्द्र, केन्द्रीय विद्यालय, मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत गाएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments