काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह गरेकी छिन् । विख्यात युरोमिलियन ठूलो रकमको चिठ्ठा कारोबार गर्ने कम्पनी हो । गिलियन बेफोर्ड कम्पनीबाट करोडौँको चिठ्ठा जितेपछि पति छाडिदिएकी हुन् ।

‘द सन’ मा प्रकाशित रिपोर्ट अनुसार नवपति ब्रियन प्रोपर्टी रिनोभेटर कम्पनीमा कार्यरत छन् । उनले भनेका छन्, ‘नव विवाहित पत्नीलाई प्रेमप्रसङ्ग चलिरहेकै अवस्थामा आफूले विगतमा गरेको अपराधबारे बताइसकेको छु । प्रेमिका गिलियनले ६ वर्ष पुरानो कुराले महत्व राख्दैन र एउटै कुराका लागि जीवनभर सजाय दिइरहन पनि मिल्दैन भन्दै आफूलाई स्वीकार गरेको उनको कथन छ ।’

दुई सन्तानकी आमा गिलियनले भनिन्, ‘नयाँ पतिको आपराधिक छविबारे जानकार छु र त्यो कुराले मलाइ दुःखी बनाएको छैन ।’ ४६ वर्षीया गिलियनले ३७ वर्षीय व्यक्तिसँग विवाह गरेकी हुन् । सञ्चारमाध्यमले उनको नयाँ पति ब्रियन डिन्सलाई चोरी अपराधका लागि दोषी भने समाचार सम्प्रेषण गरेका छन् । १२ लाख रुपैयाँ चोरीको आरोप ब्रियनलाई लागेको छ । ६ महिना काराबास तोकिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments