मेलबर्न । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिंदै छ । नेपालका पर्वहरुलाई विदेशमा रहेर पनि धुमधामका साथ मनाउँदै आएका अष्ट्रेलियामा बस्ने नेपालीहरुले अगस्ट महिना सुरु भएसंगै विभिन्न तीज कार्यक्रमहरु आयोजना गरिरहेका छन् । यसै क्रममा दक्षिण पूर्वी मेलबर्नमा बस्ने नेपाली समुदायले पनि तीज कार्यक्रम ‘ द ग्राण्ड तीज साँझ’ को आयोजना गरेको छ।

दक्षिण पूर्वी मेलबर्नमा अहिले सम्मकै भव्य तीज कार्यक्रम आगामी अगस्ट २० का दिन हुन लागेको हो । कार्यक्रममा नेपालका चर्चित गायक गायिका खुमन अधिकारी, शान्ती श्री परियार, तेजश रेग्मीको विशेष प्रस्तुती रहनेछ। कार्यक्रममा डिजे, फोटोसुट र खाना तथा खाजाको समेत व्यवस्था रहेको आयोजकले बताएका छन् ।

द ग्राण्ड तीज साँझ क्रेनबन स्थित क्रेनबन पब्लिक हलमा साँझ ४:३० देखि राती १० बजेसम्म हुनेछ । कार्यक्रममा दुई बच्चा सहितको परिवारलाई ५० डलर, बालबालिकालाई १० डलर र अन्य व्यक्तिलाई २० डलर प्रवेश शुल्क तोकिएको छ ।

Grand Teej Sanjh 2018, Cranbourne

लोकगायक खुमन अधिकारी को निम्तो छ है सबैलाई, नेपाली महिलाहरूको महान चाड हरितालिका तिज कार्यक्रम अगस्ट २०, २०१८ गते Cranbourne सभाहलमा!!

Posted by Nepalese Association of South East Melbourne – NASEM on Friday, August 10, 2018

Comments

comments