करिना कपुरलाई मनै देखि मनपराउने संसारमा लाखौं फ्यानहरु छन् , जो करिना अभिनित चलचित्र बारम्बार  हेर्ने गर्छन् | तर करिना आफैलाई चाहिँ कस्तो चलचित्र बारम्बार हेर्न मन पर्छ त ? करिनाबाट नै यसको जवाफ सुन्नु भयो भने तीन छक्क पर्नुहुनेछ |

एक टेलिभिजन कुराकानीमा उनलाई यहि प्रश्न गरिएको थियो , जसको जवाफमा करिनाले भनिन्  “मलाई विशेष लाग्ने त्यस्तो चलचित्र खास छैन ..तर मेरो छनौटमा परेका फिल्म ‘ ओमकारा” ” थ्री इडियट्स” र “सिङ्घम  रिटर्न्स हुन्  र गीत सुमधुर भएकै कारण ” जव वी मेट” लाई पनि राम्रो मान्न सक्छु | ”

करिना कपुरले आफ्नो  जन्मदिनको अवसरमा आफ्नी दिदि करिश्मा सँग भेटघाट गरेर फर्किए लगत्तै फिल्म ” आराधना” को रिमेकमा काम सुरु गर्ने चाहना रहेको बताएकी छिन् |

Comments

comments