काठमाडौं । नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा छोराछोरीलाई नागरिकता दिँदा बुबालाई अनिवार्य र आमालाई स्वेच्छिक बनाइएकामा सांसदले विरोध जनाएका छन् ।

सरकारले संसदमा पेश गरेको विधेयक महिलामैत्री नभएको भन्दै उनीहरूले आपत्ति जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

संसदको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भनी राखेको प्रस्तावको छलफलमा सांसद्हरूले विभेदपूर्ण व्यवस्था हटाएर संविधानको मर्मअनुरूप बनाउन माग गरे ।

‘छोराछोरी नागरिकतामा आमालाई स्वेच्छिक बनाएर बाबुलाई अनिवार्य किन बनाइयो’, कांग्रेस सांसद डिला संग्रौलाले भनिन्, ‘विभेद गर्न पाइँदैन । संविधानमा समेत वंशीय आधारमा समान अधिकार हुन्छ भनिएको छ ।’

सांसद शान्ति तामाङले नेपाली नागरिकले राज्यविहीन हुनुनपर्नेगरी कानुन बनाउन माग गरिन् । भनिन्, आमा धर्ती, मायाको खानी भन्छौँ, आमाले हुर्काको पुरुष पहिलो दर्जाको हुने, महिला दोस्रो दर्जाको कसरी हुन सक्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments