काठमाडौं । कालो मासको दाल राम्रो गराउनको लागि कालो दाललाई भिजाएर राख्नुपर्छ । यसलाई पकाउनु भन्दा अगाडी केही समय मनतातो पानीमा भिजाएर राख्नुपर्छ । कालो दाल बनाउनको लागि पीडालु, बेसार, तेल, नुन, अदुवा आवश्यक पर्छ ।

कालो मासको दाल बनाउँदा सुरुमा एउटा कुकरमा भिजाएर राखेको दाल, पीडालु, तेल, बेसार, नुन, कोरेको वा मसिनो बनाइएको अदुवा राखेर पकाउनुपर्छ । पहिले नै यसरि तेल राख्दा दाल उम्लिंदैन । कुकरको चार सिठी लागेपछि चुल्हो बन्द गरिदिनुपर्छ ।

दाल झान्नको लागि तेल, मसिनो बनाएको लसुन, जिम्बु, गाईको घ्यु, हिङको धुलो आवश्यक हुन्छ । एउटा भाँडोमा तेल तताएर त्यसमा लसुन फुराउनुपर्छ । लसुन रातो भएपछि जिम्बु राख्नुपर्छ र त्यसपछि हिङको धुलो राख्नुपर्छ । अब त्यसमा दाल झान्नुपर्छ । केही छिन ढाकेर पकाउँदा राम्रो वासना आउँछ । अन्त्यमा गाईको घ्यु राख्नुपर्छ ।

 

Comments

comments