काठमाडौँ । नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको छ ।

गृहमन्त्री रामबहादुर थापा आफैंले पछिल्लो तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन तस्करी भएको पाइएको खुलासा गर्नुभएको हो ।

मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न समूहलाई पनि कार्वाहीको दायरामा ल्याइएको दावी गर्नुभयो ।

उहाँले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुबई रहेको छानबिनबाट पत्ता लगाइएको पनि बताउनुभयो। ३३ किलो सुन तस्करीका लागि गठित छानबिन समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानबिनको दायरामा ल्याएको गृहमन्त्री थापाको दावी छ।

गृहमन्त्री थापाले सुन तस्करीको संजाल ध्वस्त पार्न सरकार सफल भएको बताउनुभयो ।

गृहमन्त्री थापाले सरकारले संघीयता अनुसार प्रहरीको संरचनाको कामलाई पनि अघि बढाइएको जानकारी दिनुभयो ।

Comments

comments