जापानमा गत शनिबार सक्रिय भएको ज्वालामुखी विस्फोटमा परी हराएकाको खोजी कार्य आज पनि स्थगित गरिएको छ ।

सो ज्वालामुखीमा परी कम्तीमा ३६ जनाको ज्यान गएको विश्वास गरिएको बताइएको छ । सो विस्फोट भएको पहाडमा अहिले पनि करिब २६ वटा शव रहेको अुनमान गरिएको छ । ती शव निकाल्नका लागि गरिने उद्धारको कार्य आज पनि रोकिएको जापानी सञ्चारमाध्यमहरुले बताएका छन् । जापानमा गत शनिबार तीन हजार ६७ मिटर अग्लो हिमाल माउन्ट ओनटोकमा ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परेका थप पाँचजनाको शव हिजो भेटिएका हो ।

त्यहाँका भूगर्भशास्त्रीहरुले सो क्षेत्रमा आज पनि थप विस्फोट हुनसक्ने अनुमान गरेका छन् ।

Comments

comments