मेलबर्न । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिंदै गर्दा अष्ट्रेलियामा विभिन्न तीज विशेष कार्यक्रमहरुको आयोजना भइरहेको छ । जसमा आगामी १८ अगस्टमा हुने तीज मेला पनि रहेको छ । यस तीज मेलालाई कंडेल कन्सल्टेन्सी, मल्टि डायनामिक रियल स्टेट तथा भीडिए फाइनान्सको सहकार्यमा आयोजना गरिएको हो ।

तीज मेलामा नेपालका लोकप्रिय गायक गायिका कोमल ओली, खुमन अधिकारि, तेजश रेग्मी, शान्ती श्री परियारको धमाकेदार प्रस्तुती रहनेछ । तीज गीतमा नाच्दै झुम्दै, उक्त मेला र भेटघाटलाई अविस्मरणीय बनाउनको लागि फ्री फोटोसुटको सुविधा समेत रहेको छ । नेपालको झल्को मेट्ने गरि परिवार सहित सहभागी हुन सकिने उक्त कार्यक्रममा बालबालिका, वृद्ध अभिभावक तथा विद्यार्थीलाई नि:शुल्क प्रवेशको सुविधा रहेको छ । अन्य व्यक्तिको लागि टिकट शुल्क मात्र १० डलर रहेको छ ।

तीज मेला Estonian House , 43 Melville Road मा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments