काठमाडौं । गरिब तथा पिछडिएका समूहको उत्थानका लागि खर्च गर्न गरिबी निवारण कोषको नाममा विनियोजित डेढ अर्ब रुपैयाँ ‘फ्रिज’ हुने भएको छ ।

सरकार र कोषको नेतृत्वबीच तालमेल अभावमा लामो समयदेखि कोषको बैठक नै बस्न नसकेका कारण बजेट खर्चको योजना बन्न नसक्दा कोषको नाममा रहेको बजेट ‘फ्रिज’ हुने भएको हो । अाजकाे राजधानी दैनिकमा खबर छ ।

अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार कोषमा यो वर्षका लागि विश्व बैंकको १ अर्ब र नेपाल सरकारको ५० करोड गरी कूल डेढ अब रुपैयाँ छ । सोमध्ये विश्व बैंकको सहयोगमा प्राप्त १ अर्ब रुपैयाँ आगामी डिसेम्बरभित्र खर्च भइसक्नुपर्ने बाध्यात्मक अवस्था छ । सो अवधिभित्र रकम खर्च नभए विनियोजित रकम स्वतः फ्रिज हुने प्रावधान छ ।

नेपाल सरकारले नै विनियोजन गरेको ५० करोड रुपैयाँ पनि आर्थिक वर्षको अन्त्यसम्ममा खर्च नभए स्वतः फ्रिज हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार कोष सञ्चालक समितिको बैठक ११ महिनादेखि बस्न सकेको छैन । जसका कारण कोषका अधिकांश कार्य प्रभावित हुँदै आएका छन् ।

कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कोषका उपाध्यक्ष वाई बी थापाबीच तालमेल नमिलेका कारण यो समस्या आएको हो । प्रधानमन्त्री ओली र कोषका पदाधिकारीहरूबीच लामो समयदेखि भेटघाट र छलफलसमेत हुन सकेको छैन । कोष सञ्चालक समितिका सदस्य कांग्रेस नेतृत्वको सरकारका पालामा नियुक्त भएका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments