काठमाडौं । घुँडाको दुखाई हरेकजसो उमेर समूहका व्यक्तिलाई हुन सक्छ । तर बढी मात्रामा, उमेर बढ्दै गएपछि यो रोगले सताउने गर्छ । घुँडाको दुखाइले काम गर्न मात्र होइन, सामन्य हिंडडुल गर्न समेत मुस्किल पर्छ । यसलाई निरन्तर रुपमा अनुशासित भएर घरेलु उपचार विधि अपनाउन सकियो भने निर्मुल गर्न सकिन्छ ।

मेथी घुँडाको दुखाइको लागि औषधि हो । मेथीलाई राम्रो संग पिस्ने र त्यसलाई हरेक दिन खानुपर्छ । हरेक दिनको बिहान १ चम्चा मेथीको धुलो पानी संग खानाले घुँडाको दुखाई कम हुँदै जान्छ । अदुवाले पनि घुँडाको दुखाइमा औषधिको काम गर्छ । अदुवालाई पिस्नुपर्छ र पिसिसकेपछी त्यसमा तोरीको तेल मिलाएर पेस्ट बनाउनुपर्छ । त्यसपछि त्यो पेस्टलाई हरेक दिन घुँडामा लगाउनुपर्छ । पेस्ट लगाएको केही समय पछि पानीले धुन सकिन्छ ।

त्यस्तै, घुँडाको दुखाइको लागि ओखर पनि औषधि हो । हरेक बिहान दुधसंग ओखर खानाले घुँडाको दुखाई कम हुँदै जान्छ । नरिवल घुँडाको दुखाईको लागि राम्रो औषधि हो । हरेक दिन सुकेको नरिवल खाने, नरिवलको पानी पिउने गर्नाले घुँडाको दुखाई कम हुन्छ । यसको साथै नरिवलको तेलले दिनको दुई पटक घुँडामा मालिस गर्नाले दुखाई कम हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments