आगामी महिना मलेसियामा हुने अन्र्तराष्ट्रिय क्रिकेट काउँसील आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको खेल तालिका सार्वजनिक भएको छ ।

आईसीसीले आज सार्वजनिक गरेको खेल तालिकामा पहिलो दिन अक्टोबर २३ अर्थात कात्तिक ६ गते नेपाल र युगाण्डा किनरारा ओभलमा भिड्ने भएका छन् । बमुर्डा र अमेरिका तथा मलेसिया र सिंगापुरको खेल पनि छ । तालिकाका अनुसार आफ्नो दोश्रो खेलमा नेपालले ७ गते बर्मुडासँग सेलोङगर टर्फ क्लबमा खेल्नेछ । ८ गते रेष्ट डे छ । ९ गते नेपाल र सिंगापुरको खेल बायुमास ओभलमा रहेको छ ।

कात्तिक १० गते भने नेपाल र अमेरिका एक आपसमा भिड्ने छन् । उक्त खेल किनरारा ओभलमा नै हुनेछ । ११ गते रेष्ट डे राखिएको छ भने १२ गते नेपाल र घरेलु टोली मलेसिया भिड्नेछन् ।

Comments