काठमाडौं । राम्रो निन्द्रा राम्रो स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण हुन्छ । तर विभिन्न कारणले गर्दा मानिस राम्रो संग सुत्न सक्दैन र स्वास्थ्यमा असर पर्छ । अनिन्द्राको कारण खानपान, सुत्ने बानी, उमेर, सुत्ने वातावारण आदि हुन् ।

राम्रो निन्द्राको लागि रातीको खानपिनमा विशेष ध्यान दिनुपर्छ । राती खाना खाँदा सजिलै पच्ने किसिमको खाना खानुपर्छ र सुत्नुभन्दा कम्तीमा पनि एक घण्टा अगाडी खानुपर्छ । राती सुत्नको लागि आफ्नो निश्चित समय बनाउनुपर्छ । सुत्ने निश्चित समय बनाएर त्यसलाई बानीको रुपमा विकास गर्नुपर्छ । कोठामा अक्सिजनको मात्रा पुग्ने गरि झ्याल खोल्नुपर्छ । दिउँसो प्रशस्त मात्रामा पानी पिउनुपर्छ, जसले गर्दा पेट हल्का हुन्छ, शरीर स्वस्थ र फ्रेस हुन्छ र राम्रो निन्द्रा आउँछ ।

राती सुत्ने समयमा यदि बत्ति बाल्ने बानी छ भने मधुरो बत्ति बाल्नुपर्छ । पेट च्यापिने गरि, घोप्टो परेर सुत्नु हुँदैन । त्यसरी सुत्दा स्वास प्रश्वास र मुटुमा असर हुन्छ । असर पर्ने हुँदा सुत्दा अप्ठ्यारो महसुस हुन्छ र राम्रो निन्द्रा पर्दैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments