मेलबर्न । अष्ट्रेलियाको युनिभर्सिटी अफ साउथर्न क्विन्सल्याण्ड रिजनल युनिभर्सिटी हो । यो युनिभर्सिटी क्विन्सल्याण्डको टुवुम्बामा रहेको छ । यो युनिभर्सिटी सन् १९६७ मा स्थापना भएको थियो । यसका तीन वटा क्याम्पस रहेका छन् ।

यो युनिभर्सिटी अष्ट्रेलियाकै सबैभन्दा ठूलो जापनिज डिजाइनको गार्डेन, अष्ट्रेलियाकै सबैभन्दा ठूलो सोलार इन्तिग्रेटेड कार पार्क, रेन फरेस्ट सहितको लाइब्रेरीका लागि विशेष चिनिन्छ । वातावरण मैत्री भएका कारण सन् २०१७ मा यस युनिभर्सिटीले अन्तर्राष्ट्रिय ग्रीन गाउन अवार्ड जितेको थियो । यो युनिभर्सिटी लैंगिक समानतालाई प्राथमिकता दिने र महिला विरुद्धको हिंसाको लागि प्रभावकारी काम गर्ने युनिभर्सिटीको रुपमा पनि चिनिन्छ ।

सन् २०१२ मा युनिभर्सिटी अफ साउथर्न क्विन्सल्याण्डका पुरातत्वविदहरुले अष्ट्रेलियाको २८ हजार वर्ष पूरानो ठूलो ढुंगा पत्ता लगाएका थिए । त्यस्तै, यस युनिभर्सिटीका खगोलविदहरुले सन् २०१८ मा सौर्यमंडलमा रहेको नयाँ ग्रह रहेको पत्ता लगाएका छन् ।

विदेशी विद्यार्थीहरुका लागि छात्रवृत्तिको सुविधा समेत उलब्ध गराउने यस युनिभर्सिटीले विशेष गरि क्विन्सल्याण्डको ग्रामिण क्षेत्रका विद्यार्थी र विदेशी विद्यार्थीलाई भर्ना लिने गर्छ । यस युनिभर्सिटीमा रिसर्च तहसम्म पढाइ हुन्छ । यस युनिभर्सिटीमा पढाइ हुने विषयहरु निम्न छन् :

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments