काठमाडाैं  । विश्वकै ठूलो मानिने इंग्लिस प्रिमियर लिग फुटबल आजदेखि सुरु हुँदैछ ।  नेपाली समय अनुसार आज राति पौने १ बजे पहिलो खेलमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी खेल्नेछन् ।

करिब ९ महिना चल्ने प्रतियोगितामा इङ्ल्याण्डका शीर्ष डिभिजनका २० क्लबले प्रतिस्पर्धा गर्नेछन् । गत सिजनका उत्कृष्ट १७ क्लब र च्याम्पियन्स लिगबाट बढुवा भएका ३ क्लबले यस सिजनसमेत आफुलाई अब्बल सावित गर्ने प्रयास गर्नेछन् । सबै क्लबले होम एण्ड अवेका आधारमा डबल राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक प्रिमियर लिगमा थपिएका तीन नयाँ टोलीमा फुल्ह्याम कार्डिफ सिटी र वुल्भर ह्याम्पटन वण्डरर्स रहेका छन् । गएको सिजनको दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै यी तीन टोलीले प्रिमियर लिगमा स्थान बनाएका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments