सिरहामा । कल्यापुर नगरपालिकामा बैंकबाट झिक्नासाथ रकम लुटिएको छ । मनी ट्रान्सफर संचालक राजाराम साहले बैंकबाट झिकेको २५ लाख ६० हजार रुपैयाँ बाटोमै लुटिएको हो ।

साहले नगरपालिकामा वडा नम्बर ११ मा राजाराम मनी ट्रन्सफर संचालन गर्दै आएका छन् । साहले मिर्चैयास्थित आईएमई ग्लोबल बैंकबाट झिकेर मनी ट्रन्सफरमा लैजान लागेको रकम कल्याणपुर नगरपालिका ३ स्थित तीनगछियामा लुटिएको हो ।

दुई वटा पल्सरमा आएका ४ जनाले रकम लुटेको साहले बताएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैया र कल्याणपुरबाट लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments