आज बिहान  पुतलिसडक स्थित सेन्चुरी बैंकबाट नयाँ बानेश्वर सम्म जाने क्रममा यात्रुले छुटाएको ५ लाख रुपैया लिएर ट्याक्सी चालक दिनेश केसीले  महानगरीय ट्राफिक प्रहरी महाशाखामा लगेर बुझाएका छन् | दिनेश केसी  बा   १ ज ११ ८५ नम्बरको ट्याक्सी चालक  हुन् |

केसीले बुझाएको नगद ५ लाख को दावी गर्दै मध्यान्न  सम्म प्रहरीमा कोहि नआएको  प्रहरी महाशाखाले जनाएको छ | ट्राफिक प्रहरी महाशाखाले  सवुद प्रमाण सहितआफ्नो रकमको दावी गर्न आउन सम्बन्धित व्यक्तिलाई आह्वान गरेको छ | 

Comments

comments