काठमाडाैँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागि अबसर प्रदान गरिने भएकाे छ । त्यसका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।

आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सिबिटी) सञ्चालन गर्ने वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जारी गरेकाे सूचनामा उल्लेख गरिएकाे छ ।

शाखाले पहिलो चरणको भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो ।

यसैबीच सन २०१८ को भाषा परीक्षा उतीर्ण गरी उत्पादनमुलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने शाखाले जनाएको छ । मीनभवनस्थित निजामती अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र थिमीस्थित कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको शाखाका निर्देशक खनालले जानकारी दिनुभयो ।

गत जेठ २६ र २७ गते लिइएको नवौँ चरणको कोरियन भाषा परीक्षामा सात हजार ९ सय ९६ जना उतीर्ण भएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments